load previous chats
naya
naya.com.np

Mandala Network @mandala
2018-12-20T08:04:21.256Z

एभरेष्ट प्रिमियर लिग : फाइनल प्रवेशका लागि काठमाडौं र भैरहवा भिड्दै

राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको दोस्रो क्वालिफायरमा बिहीबार काठमाडौं किङ्स इलाभेन र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुँदैछ। काठमाडौं पहिलो क्वालिफायरमा ललितपुर प्याट्रियट्ससँग १ विकेटले पराजित भएको थियो। ललितपुरसँग पराजित भएपनि काठमाडौंले भने फाइनल प्रवेशको लागि पुनः दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो। लिग चरणको खेलमा काठमाडौंले भैरहवालाई ७ विकेटले पराजित गरेको थियो। साविकको उपविजेता समेत रहेको भैरहवाले इलिमिनेटरमा चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।
url http://www.espncricinfo.com/series/18524/game/1167963/kathmandu-kings-xi-vs-bhairahawa-gladiators-2nd-qualifier-everest-premier-league-2018-19
type link
self 0
archiveafter 1545300099000
Via:
0
0
Login to comment
Comments
----