काठ्माडौंको व्यस्त असन बजार बिचको यो असंमरु अजिमाको मन्दिर अन्नपूर्ण माताको नामले चर्चितछ । अन्नले भरिपूर्ण चाँदीको कलसलार्इ अजिमाको प्रतिक स्वरुप पुज्ने गरिन्छ । नेपाल भाषामा अजिमाको अर्थ हजुरआमा हो । यी देवीले जनताहरुलाई हजुरआमाले जस्तै माया गर्छन् भन्ने अर्थ पनि राख्न सक्छ ।

किम्बदन्ती अनुसार यो मन्दीरको स्थापना भक्तपुरको एक किसानले स्थापना गरेको थियो । भक्तपुर - काठमाडौं धानको भारी बोकेर ओहर दोहर गरेको बेला उनको भारी गह््रुगो महशुस भयो । उनी त्यस ठाउँमा विश्राम लिए । पछि ती किसान धनधान्य भए । उनले कथाको घट्ना अनसँ ( त्यहिँ शव्द अपभ्रंस भई असँ भएको भन्ने चलन भएको भनेर साथीभार्इलाई सुनाए । मन्दिरको दायाँ बायाँ ख्याक र कँकालीको मूर्ती राखिएकोछ । प्रायः शक्तिपीठमा अवस्थित मन्दिरहरुमा यी मूर्तीहरु राख्ने गरिन्छ । यसको अर्थ ती शक्तिपीठहरु शक्तिशाली अर्थात चर्चित थिए भन्ने बुझिन्छ ।

असनलाई काठ्माडौंको भेगको सिमाना अर्थात थःने मानिन्छ भने ह्यूमत वा जैसीदेगःको वरिपरिको स्थानलाई क्वःने अर्थात लल्लो भागको सिमाना मानिन्छ ।