भूजा बनाउने परंपरागत व्यवसायीहरु धरापमा

छेडी कँहार उनको नाम हो । उनको परंपरागत तथा पारीवारिक व्यवसाय भुजा बनाउने थियो । कँहार भूजा बनाउनेहरुको थर हो । काठमाडौं उपत्यकामा पनि भुजा बनाउनेहरुको लागि विशेष थर हुन्थ्यो । काठमाडौंमा भुजा (गोःफुकी र स्याबजि ) दुर्इ प्रकारको भुजा पार्इन्छ । स्याबजि खास गरी समेबजिको लागि प्रयोग गर्ने गरिन्छ । उपत्यकाका नेवार समुदायमा प्रत्येक चाडवाड, पुजामा समेबजि खाने चलन छ । समेबजिमा स्याबजि, चिउरा, छ्वयला, अचार, सुकेको बोडी र हरियो मास उसिनेर साँदेको, हरियो सागको तरकारी, हरियो केराउ भिजाएको, मूला वा काँक्रो, वारा आदि राखेर खाने चलनछ ।

तरार्इमा वा उपत्यकाका परंपरागत र पारीवारिक धरोहरको रुपमा थामिंदै आएको भुजा र स्याबजि बनाउने पेशा हिजो आज ठूला व्यापारीहरुको कारणले धरापमा पर्दै गएकोछ । ल्पास्टीकको पोको बनाएर घर घर, पसल पसलमा पुर्याउने चलन आउँदा पुराना ती व्यापारीहरु अहिले बेरोजगार बनेकाछन् ।