आज मिति मंशीर २ गते, कार्तिक शुल्क दशमी, पंचांग , आइतबार बलम्बु अर्थात भास्तीपुरमा महालक्ष्मीको जात्रा बडो धुमधामसित मनार्इन्छ। आफूले पनि जात्रा हेरें, फोटो खिचें र रमार्इलो गरें। यो जात्रा लक्ष्मीपुजाको ठीक आठ दिन पछि अष्टमीदेखि एक हप्ता सम्म मानिन्छ । यस जात्रामा टाढा टाढा देखी ताना, कुटम्ब, साथीभार्इलाई बोलाएर ख्वाउने चलनछ । नेवारी थ्वों, अयला, छोयला, तःखा जात्रा बेलाको मुख्य परिकार र पेय पदार्थ हुन् । पुजामा जाली चतांमरी चढाउने चलन छ भने, धेमे, खीँ, बाँसुरी, कर्नाल मुख्य बाजाहरु हुन् । पुजामा कुखुरा, हाँस, राँगो, बोका, अण्डा बली दिने चलन छ ।