ईचंगु नारायण
कठमाडौंमा चारवटा प्रख्यात नारायण स्थान मध्ये ईचंगु नारायण पनि एक प्रमुख धार्मिक स्थल मानिन्छ । विष्णुको शक्ति स्वरुपको रुपमा मान्ने ईचंगु नारायणको मन्दिर नेपालको प्रदेश नं ३ को नागार्जुन नगरपालिका वडा नं १ मा पर्दछ । यो काठमाडौंको स्वयम्भुबाट ३ किमि उत्तरपच्छिम ईलाकामा पर्दछ । जहाँ माईक्रोसको माध्यमबाट सजिलै संग पुग्न सकिन्छ । दुई तल्ले ईचंगु नारायणको मन्दिर १२०० देखि १८०० को इस्वीमा मल्लकालमा बनेको थियो । खोज कार्य अझै बाँकी छ । किवदन्ती अनुसार जलसयन पर्वत (हालको बुढानिलकण्ठ) को पहिरोले नारायण पुरिएको थियो । धर्माबलम्विहरुको सपनामा ईचंगु नारायण प्रकट भए पछि, त्यस नारायणलाई खनेर निकालेको हो भन्नेछ । काठमाडौं उपत्यकामा अवस्थित चार नारायण ईचंगु, विशंकु, चाँगु, शेष नारायण (सक्वचँगु वा साँखु) हरुले उपत्यकामा खतराको रुपमा आउन सक्ने सवै दुष्ट आत्माहरुलाई खवरदारी गर्दछन् भन्ने मानिसहरुमा धार्मिक विश्वास रहेकोछ । त्यसकारण बैशाख महिनामा अहिलेको जस्तो यातायातको सुविद्या नभएको बेलामा पनि तीन चार दिन लगाएर पनि नारायणको दर्शन गर्न पुग्दथे ।