काठ्रमाडौंको पूर्वी दिशामा अवस्थित बौद्ध स्तुपा बौद्ध धर्मालम्बीहरुको लागि एक पवित्र तीर्थ स्थलको रुपमा रहेकोछ । नेवारी भाषामा यो स्तुपालाई खास्ती भन्ने गर्दछ । किवदन्ती अनुसार एकताका काठ्माडौं उपत्यकामा पानीको हाहाकार भयो । त्यसबेला मानिसहरुले शीतको थोपा थोपा ध्याम्पोमा संकलन गरेर त्यसबाट स्तुपा निर्माण गरे । नेवारी भाषामा खसुको अर्थ शीत र तीको अर्थ पानी वा झोल हो । खसुतीबाट स्तुपा बनेकोले त्यसलाई खास्ती भनिन थाले । मानिसहरुले कालान्तरमा यो स्तुपालाई मात्र होर्इन यस क्षेत्रलाई समेत खास्ती भन्न थाले । अहिले पनि यो क्षेत्रलाई मानिसहरुले खास्तीको नामबाट नै सम्बोधन गर्ने गरेकाछन् ।