नेपाली कलाको महत्व छिटो बुझुन

मेरो पुर्खाको घर भक्तपूर र ठिमी हो । नेपाल उपत्यकालाई श्रृंगार्न र प्रत्येक घरको आवश्यकता पुरा गर्न र नेपाली कलाको शान बढाउन मेरा पुर्खाले हामीलाई अति मेहनत गरेर अति मनमोहक बनाए । तर अवको मानिसहरुको पुस्ताले भने श्रृजना गर्नको लागि सुम्पेका ती कठीन दिनहरुलाई बिर्से । उनीहरु बिदेशबाट आयातीत रंगीचंगी बस्तुहरुमा मोहित बन्न थाले र जति पनि पैसा उडाउन थाले । आधुनिक भन्न रुचाउने मानिसहरुले हाम्रो स्थानलाई पुरानो घरको तख्ताको एक कुनामा सीमित गरे। एकदिन मानिसहरुको सोचाई फिर्नेछन् भन्ने आशाका साथ हामी पर्खिरहेकाछौं ।