रोजगारी श्रृजना गर्ने हो कि अरुले दिलाउने ? नेपालको सन्दर्भमा रोजगारी अरुले दिलाउने हो भन्ने बुझार्इ नै रहेको पार्इन्छ । त्यसलै नेपाल बेरोजगारीको बिकराल समस्या भएको मुलुकको रुपमा चर्चामा आउने गरेकोछ । तर मेरो बिचारमा रोजगारी श्रृजना गर्ने बिषय हो । मेरो यो भनार्इलाई सहि साबित गर्ने कुरा शायद यो महिलाले पनि गर्छिन् कि ? शुरुमा यो महिलालाई मैले सितापार्इला चोकको एक छेउमा बिरलै एक सय जतिको सामान लिएर बसेकी देखेकि थिएँ । उनले आफ्नो सानो नानीलाई दुईवटा पोलको विचमा खास्टोको कोक्रो बनाएर सुताएकी थिर्इन् । तर हरेक महिनामा उनको पसलमा सामान थपेको थपै छ । दुःख त भयो होला । तर लाग्छ अव त यो सानो पसलले उनको जिविका चल्न शुरु गरेकोछ । यो उनी आफैले श्रृजना गरेको रोजगारीको एक नमूना हो ।