नेपालको नेवारी समाजमा विवाह हुनु पूर्व केटा पक्षले केटी पक्षलाई सुपारी लैजाने चलनछ । सुपारी केटी पक्षलाई सुम्पिर्इ सकेपछि विधिपूर्वक केटी केटापक्षको परिवारको सदस्यको रुपमा सकार्ने चलनछ । त्यसपछिको संस्कार परिवारको सदस्यको रुपमा अपनाउँदै जान्छिन् । केहि पुस्ता अगाडीको चलन कस्तो थियो भने विवाह पछि श्रीमानको मृत्यु भएमा, संगै बस्न नचाहेमा केटी पक्षले केटा पक्षलार्इ सुपारी फर्काउन सक्छे । सुपारी फर्कार्इ सकेपछि उनीलाई समाजले कुमारीको रुपमा स्वीकार्न सक्छ र उनी दोश्रो विवाह गर्न स्वतन्त्र हुन्छिन् ।