२०७२ साल बैशाख १२ गतेको भूकम्पले धरहरालाई गल्र्याम्म ढाल्यो । त्यो बेला मानिसहरुले भिमसेन थापाको वीरतालाई सम्झे, कतिले जंगबहादूरको चलाखी र आंटलाई सम्झे, कतिले आफूले कला तथा संस्कृति प्रेमी, राष्ट्रप्रमी भएको आभाष दिलाउन पुगे, कतिले दिवंगत र बाँचेकाहरुको बारेमा कथाहरु सुनाउन थाले, सरकार र नेताहरुले भने पुननिर्माणको झ्यालि पिट्न थाले । तर आजसम्म पनि ढलेको धरहरा जस्ताको तस्तैछ । फरक यति छ, थप हरियो लेउ र हामी पनि साथ छौं जस्तै गरी छताछुल्ल भई बसेका टहराहरुका भग्नावशेष।