२०७२ सालको भूकम्प आउनु अघिको बागमतिको पूलबाट देखिने साँझपखको दृष्य । केहि पुस्तf अगाडि बागमति नदीलार्इ व्याग्रवती नदी भनिन्थ्यो रे । त्यसको कारण यो नदी फराकिलो थियो र वग्दा बाघ गर्जेको जस्तो सुनिन्थ्यो । नदीको छेउछेउमा अवस्थित ब्रम्हनालहरुले पनि यो कुरालाई पुष्टि गर्दछन् । अहिले यो नदी चौडा साँगुरिंदै गएको छ र फोहरले यसलाई निकै सताएकोछ । यो क्षेत्रको वागमती नदीको पुलले काठमाडौं र ललितपूर जिल्लाको सिमांकन गरेकोछ ।