नेपालको सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्जको रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्ज ९३२ किमी क्षेत्रफलमा फैलिएको छ । यस निकुञ्जमा विभिन्न प्रजातिका स्तनधारी प्राणी, चराचुरूङ्गी र जलथलचर तथा घस्रने प्राणीहरू पाइन्छन् जसमा एक सिंगे गैँडा र पाटे बाघको लागि यस निकुञ्ज प्रख्यात छ । यस बाहेक यस निकुञ्ज बाहिर पर्ने सौराहा क्षेत्र हात्ती र जीप सफारी, क्यानोइङ (डुङगामा सैर गर्ने), तागाँ, हात्ती प्रजनन केन्द्र, सौराहा संग्रहालय आदि यस क्षेत्रको मुख्य आकर्षण हुन् ।