मेरो नाम फत्तलाल श्रेष्ठ हो । घर सिन्धुपाल्चोक अत्तनूर नाम्चे । तालिम प्राप्त गरे पछि २०६२ सालदेखि व्रिकेटको व्यवसाय गर्न थालेको हुँ । ब्रिकेट वनमा खेर गइरहेका झिंजामिटा, छेसका आदिबाट उत्पादन गरिने एक बैकल्पिक ऊर्जा हो । ब्रिकेट बाल्नमा सजिलोछ । यसले दाउराको वचत गरी वनजंगल नाश गर्नबाट बचाउँछ । यसले ग्याँसको अभाव भएको बेला राहत दिन्छ ।