मेरो नाम पद्मा प्रधान हो । म हेटौंडादेखि घरेलुको प्रदर्शनीमा भृकुटी मण्डप आएकीछु । मलाई घरेलुले आउने जाने भाडा, दिनको पाँच सयको दरले खाजा खर्च र निशुल्क स्टल उपलव्ध गराएकोछ । तर टाढाबाट आएर पनि विक्रि गर्न नसक्दा अलि निराश भएकी छु ।