Naya sambidhan lai aswikrit garnu parne karan haru -Ang Kaji Sherpa. (1) जननिर्वाचित ६०१ सभासदलाई थाङ्गनमा सुताएर ३ जना पहाडे पुरुष बाहुनले बनाएको हुनाले (2) धर्मनिरपेक्ष भनेको सनातन (हिन्दु) धर्मको रक्ष गर्नु हो भनेर लेखिएकोले (3) आदिवासी, थारु तथा मधेसीहरुको ऐतिहासिक थातथलो भएका जिल्ला तथा गाउँहरुलाई टुक्राएर पहाडे पुरुष बाहुन मात्र निर्वाचित हुने ७ प्रदेश बनाएकोले (4) आदिवासी, मधेसी, महिला, दलितलाई राज्यसत्तामा समावेश गर्न ल्याएको समानुपातिक प्रतिनिधित्व हटाएको हुनाले (5) सरकारी कार्यालय, न्यायलय र विद्यालयमा खस भाषालाई मात्र प्रयोग गर्नु पर्ने र आदिवासी जनजातिको मातृभाषा प्रयोग गर्ने अधिकारमाथी बन्देज लगाएकोले 6) पुरुष सरह महिलालाई अधिकार नदिएकोले (7) पूर्ण प्रेस स्वतान्त्रता हटाएको हुनाले (8) २ र ४ वर्षे बालक लगायत ८० भन्दा बढी जनतालाई हत्या गरेर र हजारौलाई घाईते बनाए लेखिएको संविधान भएकोले