मधेस कुनै जात होइन, एउटा भुगोल मात्र पनि होइन, एउटा सम्पुर्ण सभ्यता हो, एउटा सम्पुर्ण संस्कृति हो, एउटा सम्पन्न इतिहास हो, एउटा सम्पुर्ण पहिचान हो । मधेश प्रदेश भनेको कुनै जातीय प्रदेश होईन । मधेसले सम्मान पाए देश टुक्रदैन बरु झन बलियो हुन्छ । यो देशमा मधेसको ठूलो र महत्वपूर्ण योगदान छ । मधेसको पहिचान सम्पुर्ण देशको पहिचान हो ।