कालीदह धादिंगबेसी जाने बाटोमा पर्ने एक गाउँ हो । कालीदहको उत्तर पटि्टको झोलुंगे पुल तर्ने बिति्तकै अर्को डाँडामा सुनौलो बजार र कुम्पुर गाउँ पर्दछ । गणेश मनि्दरमा यहाँका मानिसहरुले आस्थाका साथ पुजा आराधना गर्दछन् । बिहे, बर्तवन्ध र अन्य पुजाहरुमा स्थानियबासीहरु यसकै शरण लिन पुग्दछन् । कालीदहको दकि्षणबाट नलांग जाने कच्ची मोटर जाने बाटो बनेकोछ । त्यही बाटोबाट स्थानियबासीहरु आफ्नो उत्पादनहरु बजार सम्म लग्ने गर्दछन् । नलांग गाउँ पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको मामाली गाउँ हो ।