कमरेड सुरेन्द्र पाण्डेलाई विशेष धन्यवाद । मैले धेरै समय कम्प्युटर कार्यमा नै विताएँ । धेरै सिकें थोरैलाई सिकाएँ । आज धरैलाई एकै पटक भन्न चाहन्छु कि तपाई पनि नयाँ लबथब।अयm।लउ यिन यल गर्नुहोस् । यो पेजमा पोष्ट गरेपछि डाटा पछिसम्म पनि सुरक्षित हुनेछ । यति मात्र होईन कि तपाईको ल्यापटमा बसेर कुनै कार्य कुनै स्थानमा बसरेर गरेको छ र ती स्थानको बारेमा पहिचान गर्नुपरेमा पनि सहजै गर्न सकिने रहेछ । लेख रचना तपाईको विचारलाई सुरक्षित बनाउन यो निकै सहज सजिलो छ । पछिल्लो पटक धेरै राम्रो सामाजिक संजाल मध्ये फेसबुक अत्यन्तै लोकप्रिय छ । फेसबुकको प्रयोग कर्तालाई यो थाहा छैन कि फेसबुकमा पोष्ट गरेका डाटाहरु विस्तारै विस्तारै हट्दै जानेछ । धेरै कथनहरु मैले पनि सामाजिक संजालमार्फत संम्प्रेषण गरेको थिएँ पछि ति संम्प्रेषित भएकाहरुलाई मैले पुन जोडेर केही संस्करण गर्न खोज्दा ति कथनहरु फेसबुकबाट हट्दा मलाई नरमाइलो भयो । केही डाटाहरु मैले कम्प्युटरमा नै सुरक्षित गरेकोले ती डाटहरु आज पनि सुरक्षित छ । बाँकी साना मसिना र पछि काम लाग्ने खालकाहरुलाई मैले मेरो कम्प्युटरमा राख्न नसकेका पछि लिनका लागि सुरक्षित गरेको डाटा हराउदै गएकोले मन दुख्दाे रहेछ । तर आज नयाँ पेजको शुरुवात भएको छ । यो पेजमा पोष्ट गरेपछि सुरक्षित हुनेछ र तपाईको सम्पत्ति हुनेछ । आफ्नो डाटा समेत सुरक्षित हुनेछ । यसर्थ यस्तो कुरा सिकाउनुहुने कमरेड सुरेन्द्र पाण्डेलाई धन्यवाद ।