प्राङ्गारिक खेतीका निश्चित दायराहरुः
-समग्र उत्पादन प्रणालीलाई जैविक विविधता उन्मुख गराउने । -माटोको जैविक कि्रयाकलापलाई वृद्धि गर्ने । -मित्रजीवहरुको संरक्षण गर्ने । -माटो हावा र पानी स्वस्थ्य राख्ने । -बालीचक्र कोशेबाली हरियो मललाई बाली प्रणालीको अभिन्न अंगको रुपमा लिइ खेत गर्ने । -दिर्घकालीन रुपमा माटोको उर्वराशक्तिलाई कायम गर्ने । -बाली र पशुको अवशेषलाई कुहाएर पुनः प्रयोग गर्दै खाद्यतत्वको आपूर्ति गर्ने । -कम्पोष्ट मल अधिक प्रयोग गर्ने । -रोग कीरा नियन्त्रणका लागि प्राकृतिक बनस्पति एवं जैविक विषादिको प्रयोग गर्ने । -भौतिक कृषिगत तथा जैविक तरिकाले झारपातको नियन्त्रण गर्ने । -समाटोको अवस्था अनुसार शुन्य खनजोत न्यूनतम खनजोत उचित खनजोत आदि तरिका अपनाउने । -प्राङ्गारिक उत्पादनलाइ प्रशोधन गर्दा गुणस्तरलाई कायम राख्न सावधानी अपनाउने । -सस्थानीय स्रोत साधनको समुचित प्रयोग गरी वातावरण संरक्षणमा सहयोग गर्ने । -खाद्यवस्तुको गुणस्तरीय मापदण्ड कायम राख्न सहयोग गर्ने । -प्राङ्गारिक उत्पादनका खाद्यवस्तुबाट जनस्वास्थ्यमा सकार।त्मक प्रभाव ल्याउने ।[ साभार : http://www.arghakhanchi.com/index.php?ac… ]