नेपालमा प्राङ्गारिक खेतीको आवश्यकता एवं संभावना

-हावापानीको विविधताका कारण हाम्रो स्थानीय मौलिक विधि र तरिकाबाट उत्पादित उपजबाट तुलनात्मक लाभ लिन सकिन्छ । -शहरी क्षेत्रका व्यावसायिक पकेटहरु तराई क्षेत्र र पहाडका सडक आसपासका क्षेत्र बाहेक अन्य क्षेत्रहरुमा रासायनिक मल विषादिको प्रयोग धेरै कम पाईन्छ बाँकी अधिकांश भूमिमा करीब ७० प्रतिशत भन्दा धेरै अझैपनि प्रङ्गारिक खेती प्रणालीमा आधारित छ् । -नेपालका कृषकहरुसंग औसत प्रति परिवार करीब ०.५ हे। भन्दा कम जमीन भएको हुदाँ गरिब किसानहरुलाई समेट्न र उत्पादनमा दिगोपन ल्याउन प्रङ्गारिक खेती प्रणाली एक राम्रो वैकल्पिक उपाय हुन सक्छ ।

-विषादियुक्त कृषि उपजको उपभोगबाट पर्ने नकारात्मक असर र स्वास्थ्यका लागि सुरक्षित खाना बारे जनचेतना अभिवृद्धि हुदैंआएको ले यसको आन्तरिक बजारको संभावना रहेको छ । -प्रङ्गारिक उत्पादनको विदेशी बजारमा समेत माग रहेको छ तसर्थ विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।