नेपालमा प्राङ्गारिक कृषि खेती - परिचय
नेपाल एक कृषि प्रद्धान देश हो । यस देश प्राङ्गारिक कृषिको लागी बिश्वमा प्रसीद्ध छ । हिमाली र पहाडी पदेशमा आज सम्म अत्याधिक रुपमा रसायायनिक मल र रसयानिक बालि संरक्षण पदार्थ प्रयोग भएको छैन भने तराई प्रदेशमा उत्पादन बढाउन को लागि बिभिन्न प्रंकार का रासायानिक पदार्थ प्रयोग गदै आइरहेका छन् । हाम्रो देशले जनसख्याको अनुपातलाई मध्यनजर राखी खाद्यवस्तुको माग पूरा गर्न विगत ३५४० वर्ष देखि उत्पादन र उत्पादकत्व बढाउन व्यावसायिक तथा आधुनिक कृषि प्रणालीमा जोड दिदैं आएको छ । बाली सघनता बेमौसमी तरकारी खेती उन्नत बीउ बिजन एवं वर्णशंकर जातहरुको प्रयोगको विस्तार हुँदै गएको छ । सोही अनुरुप कृषि सामाग्री रसायनिक मल तथा बाली संरक्षण विषादिको प्रयोग प्रचुर मात्रामा भैरहेको छ बृध्दिको क्रम पनि बढ्दो छ । यसरी कृषि उत्पादनमा प्रयोग गरिने यी रसायनहरुले वातावरण हावा पानी माटो र त्यसमा आधारित जीवनचक्र प्रणालीलाई नराम्रो संग प्रभाव पारेको छ तसर्थ यो डरलाग्दो परिस्थितिको सामना भविष्यमा गर्न नपरोस भन्नको लागि आजैदेखि हानिकारक रोग कीरा झारपात नियन्त्रण गर्न जैविक विधि तथा अन्य वैकल्पिक उपायहरुको प्रयोग बढाउदै व्यावसायिक प्राङ्गारिक खेतीको विकास गर्ने बेला आइसकेको छ ।
यस परिप्रेक्ष्यमा एकातर्फ बढ्दो जनसंख्याको निमित्त चाहिने खाद्यान्न तरकारी फलफूल आपूर्तिका लागि कृषि उत्पादन बढाउनु आवश्यक छ र यसका लागि व्यवसायिकरण अपरिहार्य छ भने अर्को तर्फ व्यवसायिकरणबाट कृषि उत्पादन वृद्धि गर्ने नाममा रासायनिक मल एवं विषादिको बढ्दो प्रयोगबाट मानिस लगायत वातावरणिय संरचनामा पर्ने नकारात्मक प्रभावलाई जोगाउनु उत्तिकै आवश्यक छ । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मल र विषादिको भाउ आकासिँदो छ आको तर्फ आकासीदो रासायनिक मल र आबश्यक पर्ने बिषादि पनी बजारमा नपाईने हुदा जसले उत्पादन लागत अत्यधिक बढेको छ । हाम्रो देशमा यी रासायनिक वस्तुहरुको उत्पादन पनि सहज देखिदैन । जसले गर्दा ग्रामीण क्षेत्रमा गरिबी वृद्धि हुदैं गईरहेको छ र गरिब कृषकहरु खाद्य सुरक्षा एवं रोजगारीको लागि शहरतिर बसाई सराई गरिरहेका छन् । आफुसँग भएका खेतबारी लाई बाझो तथा चरण क्षेत्र बनाएको पाईएको छ ।
त्यसैले ग्रामीण कृषकलाई खाद्य सुरक्षाको निमित्त गाउँमै जीवन निर्वाह हुन सक्ने कृषि उत्पादन प्रणालीको विकास गरी अपनाउनु पर्ने भएको छ । यसलाई मध्यनजर राखि उत्पादनलाई सुव्यवस्थित तथा वातावरणलाई संरक्षण गर्न कृषि क्षेत्रको दिगो विकासका लागि नयाँ कार्यशैली अपनाई व्यवसायिक प्रङ्गारिक खेती अवलम्वन गर्नु आजको आवश्यकता देखिएको छ । [ साभार: http://www.arghakhanchi.com/index.php?ac… ]