पूर्व लडाकु कागज उद्योग चलाएर मालिक बन्दै



ढिमे गाविस वडा नं ८ समाइलाका उबीलाल घर्ती र राधिका घर्तीकोे पेसा भने अलि फरक छ । घर्ती परिवारले स्थानीय वनपैदावरलाई सदुपयोग गर्दै कागज उद्योग सुरु गरेका छन् । द्वन्द्वकालमा श्रीमान्–श्रीमती दुईजना स“गै रहेर पार्टीको काम गरे । सशस्त्र द्वन्द्वको अन्त्यपछि पनि यो घर्ती दम्पती अहिले आपm्नै गाउँमा हाते कागज उद्योग खोलेर रमाएका छन् । उनीहरु आफूमात्र स्वरोजगार छैनन्, स्थानीय स्तरमा उनीहरुले रोजगारीको सिर्जना पनि गरेका छन् । घर्ती दम्पती माओवादीले सञ्चालन गरेको युद्धको सुरुवातबाटै भूमिगत भएका थिए । द्वन्द्वको अन्त्यस“ंगै २०६३ मा घर्ती दम्पतीले लेकबेसी हाते कागज उद्योग दर्ता गरी छिमेकी गाविस अर्छानीमा सञ्चालन सुरु गरे भने अहिले ढिमेको पा“चकटियामै उद्योग चलाएर बसेका छन् । हाते कागज उद्योगमा उबीलालले रु तीन लाख ५० हजार लगानी गरेका छन् । राधिकाले पनि अल्लो सदुपयोग गर्न २०६६ मा तीनचुले अल्लो प्रशोधन केन्द्र दर्ता गरी सञ्चालनमा ल्याएकी छिन् । [ पुरा लेख यहाँ पढ्नुहोस: http://krishionline.com/पूर्व-लडाकु-कागज… ]