कुरिलो



कुरिलो एक औषधिजन्य वनस्पति हो । यसलाई संस्कृतमा सतावर,नारायणी,इन्द्रिवरी,शतपदी,शतविर्या,बहुसुता,शतमुली आदि नामले चिनिन्छ | यो नेपालका सबै जसो भूभागमा पाईने बहुबर्षीय लहरा युक्त वनस्पति हो | काँडा सहितको काण्ड, मसिना झुप्पादार पात हुने यसका धेरै मसिना हाँगाहरु हुन्छन| फल चाहिं केराउका दाना जत्रा र कडा बीज युक्त हुन्छन | पाकेपछि फल राता वा नीला रंगका हुन्छन | यसका जरा सेता मुला आकारका तर औला जत्तिकै मसिना र धरै संख्यामा हुन्छन | आयुर्वेदमा यसलाई बुध्दिबर्धक, अग्नीबर्धक,बात,पित्त, शोक अनि शुक्र दुर्वलता निवारक मानिन्छ | खास गरि यसको जरालाई अत्यन्त लाभकारी औशधी को रूपमा प्रयोग गरिन्छ |स्त्रीहरुको रक्त प्रदर, स्वेतप्रदर तथा महिनावारी गडबडी र स्तन जन्य रोग र स्त्री पुरुष दुबैमा यौन दुर्बलता हटाउन यसको जरा सुकाएर बनाएको चुर्ण प्रत्यक दिन दुध संग सेवन गर्नाले अप्रत्यासित लाभ हुन्छ| यसको कलिलो मुन्टा तरकारीको रूपमा खाइन्छ ।