नेपाली कृषि क्षेत्रको विकासका केही सवालहरु
योगेन्द्र कुमार कार्की खाद्य र पोषण सुरक्षाको अवधारणा र सहस्राब्दी लक्ष्य अनुरुप दीर्घकालीन कृषि योजना र राष्ट्रिय कृषि नीतिलाई कृषि विकासका लागि मूल नीतिको रुपमा अङ्गिकार गरी यस क्षेत्रको आधुनिकरण एवं व्यवसायीकरण गरी प्रतिस्पर्धी बनाउने रायले कृषि विकासको दीर्घकालीन सोच राखेको पाईन्छ । यसै सोच अनुरुप यसका उद्देश्यमा ः (क) कृषि क्षेत्रलाई राष्ट्रको अर्थतन्त्रको मेरुदण्डको रुपमा अंगिकार गर्दै कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरण गरी खाद्य तथा पोषण सुरक्षा, रोजगारी र गरिवी न्यूनीकरण तथा व्यापार सन्तुलनमा कृषि क्षेत्रको योगदान बढाउने (ख) कृषक एवं अन्य सरोकारवालाहरुको आवश्यकता अनुरुप कृषि तथा पशुपंक्षीजन्य बस्तुहरुको उत्पादन तथा उत्पादकत्वमा बृद्धि गरी ग्रामीण जनताको आर्थिक स्तरमा सुधार गर्ने रहेका छन् । यी उद्देश्य परिपूर्ति गरी राष्ट्रको समग्र विकास गर्न सरकार, सहकारी तथा नीजि क्षेत्रबाट अथक प्रयास गरेता पनि यस क्षेत्रको विकास कछुवाको तालमा भन्दा बढी दगुर्न नसकेको कटु यर्थातता हामीमाझ अझै रही आएको छ । दशौं योजनामा कृषि क्षेत्रको आर्थिक बृद्धिदर ४.११ प्रतिशत पु¥याउने लक्ष्य राखेकोमा २.३७ प्रतिशतमा मात्रै चित्त बुझाउन बाध्य भएका थियौं भने पहिलो तीन वर्षिय अन्तरिम योजनामा कृषि क्षेत्रमा वार्षिक औसत बृद्धिदर ३.६ प्रतिशत मात्र हुने अनुमान गरिएकोमा योजनाको अन्तमा ३.३ प्रतिशत बृद्धिदर हासिल भएको छ ।
पुरा लेख पद्नकोलागि www.krishionline.com/नेपाली-कृषि-क्षेत्र… मा जानुहोस ।