बढ्दो माछा पालन र ट्राउट



पछिल्लो समयमा नेपाली युवाहरु माछा पालनतर्फ आकर्षित भए । माछा पालनका लागि कतिपयले अध्ययन वा तालिम लिए भने कति लगानी गर्ने कार्य मात्र गरेको पनि देखिन्छ । माछा पालनमा धेरै कमाउने सपना सजाएकाहरु भने टाउट माछा पालन गर्ने लहै लहैमा होमिए । शुरुवातीमा टाउट माछा पालनमा लगानी गर्नेहरुले धेरै नै फाइदा गरेको देखेर टाउटमा लगानी गर्नेहरु प्रशस्त आएको पनि देखिन्छ । विदेशबाट फर्किएका युवाहरुमात्र होइन स्वदेशमा नै विभिन्न पेशा सम्हालेकाहरुले पनि टाउट माछा पालनमा सक्रिय भएको देखिन्छ । आजभन्दा दुई तीनबर्ष अगाडिसम्म दुई हजारसम्ममा विक्री हुने टाउट माछा यतिखेर हजार बाह्रसयमा पनि विक्री हुन मुश्किल भएको लामो माछा व्यवसायीहरुले बताउन थालेका छन् । यसले के बुझिन्छ भने लगानी गर्नेहरु टाउटका लागि आँखा चिम्लेर देखासिकी गदै लगानी गरे तर त्यही लगानी उठ्न नसकेपछि व्यवसायबाट पलायन भएकाहरु पनि देखिन्छन् । हुन त टाउट माछा व्यवसाय गर्नका लागि सरकारले अनुदानको व्यवस्था गरेको कतै कतै देखिन्छ । माछाको व्यापार गर्नेहरु धेरैले जनकपुर वा नेपालकै माछा भनेर भारतबाट माछा आयात गरी विक्री वितरण गर्ने गरेका घटनाहरु पनि प्रशस्त देख्न सकिन्छ । तर टाउट माछा नेपाली हावापानी र पहाडि परिवेशमा हुने गरेकाले पनि झुठको खेती गर्नेहरुलाई एक कदम पछाडि पारिदिएको भने स्पष्ट छ । टाउटमा जसरी लगानीका अवसरहरु बढ्दै छन् त्यत्ति नै धेरै चुनौतिहरु पनि थपिँदै जानुले केही सयम पछाडि व्यवसाय नै धरापमा पो पर्ने हो कि शंका उब्जन थालेको छ ।

पुरा लेख पद्नकोलागि http://krishionline.com/बढ्दो-माछा-पालन-… मा जानुहोस ।