पचली भैरब मन्दिरमा रहेको पीपलको रुख हुन सक्छ यो सयौं बर्ष पुरानो छ । यसको हाँगा हेर्नुस, यसले मन्दिरका केहि भागहरुलार्इ लपेटेर अर्को मूर्ती बनाइ सकेको छ । चीनमा यसतो रुखहरुको नामांकन गरी बिष्तृत विवरण लेखी टाँस्ने चलनछ । बगैंचामा घुम्न आउने पर्यटकहरु, प्रेमी प्रेमिकाहरु ती रुखहरुलार्इ राम्ररी नियाल्छन्, अहो यति बर्ष पुरानो रुख भन्दै दोहर्याइ तेहर्याई हेर्छन, खुशी हुँदै क्यामेरा निकाल्छन्, फोटो खिच्छन्, फेरि रुखलार्इ नियाल्छन् , पात पातका बारेमा आफै केहि बर्णन गर्छन् । तर हाम्रो पचली भैरबमा रहेको पीपलको दशा हेर्नुस, सँगै अर्को मुढा तेस्यार्इ बालिरहेकोछ धर्मको नाममा । केहि समय यो पीपललार्इ हेर्दै जानु होला हुन्छ सब लिला खतम यसको । अहो यो कस्तो धर्म हो नेपालको ।

यसले कति अक्सिजन दिन्छ, स्वास्थ्यलाई कति फायदा गर्छ भन्ने सोच्ने कुरा त पर कै भयो ।