बाख्रा पालन वा भेँडा पालन गरी मुलुकलार्इ आत्मनिर्भर बनाउने र नेपालको ब्यापारघाटालार्इ कम गरी मुलुकलार्इ समृधिको बाटोतिर उन्मुख गराउने कुरा हामीले धेरै पल्ट गरी सकेकाछौं । एक, दुर्इवटा देखि सय दुर्इसय बाख्रा पाल्ने अभ्यास पनि गरेकाछौं । तर पूर्व सोभियतसंघबाट बिभाजित भएको मुलुक ताजिकिस्तानको बाख्रा पालन देखेर म बाख्रा पालनको बिचारमा केटाकेटी नै भएको अनुमान गरें । मैले देखेको बाख्रापालनमा त्यहाँ चरनको लागि जमिन बिभाजन गरेकोछ . चरणको लागि छुट्याइएको जमिनमा घर, बजार वा अरु कुनै काममा प्रयोग गर्न नपाइने रहेछ र निशि्चत चरनमा बाख्रा वा भेंडा चरनको लागि प्रशस्त जमिन छुट्रयाइएकोछ । हजारौंको बथानमा बाख्रा चराउने गर्दछन् । एक बाख्राको बथानमा खाना, पानी र दिनभरीको लागि आवश्यक सामान बोक्ने पाँच छ वटा खच्चड, बाख्रालार्इ चरनभित्र नियन्त्रण गर्न पाँच छ वटा तालिम प्राप्त कुकूरहरु र दुर्इ तीन वटा घोडा लिएर गोठालाहरु बाख्रा चरनको लागि निस्कने रहेछ । एउटा कुरा सहि हो ठूलो परिमाणमा बाख्रा वा भेँडा उत्पादन नगरी हामी आत्मनिर्भर हुन सक्दैनौं । त्यसको पूर्वाधार बिकासको काममा आजै देखि लाग्नु जरुरीछ ।