यो फूलको नाम नेवारी भाषामा मूस्वाँ अर्थात मूख्य फूल भनिन्छ । समाजमा के विश्वास छ भने ज्यापु परिवारका बाहेकले यो फूल जमिनमा छोएर रोप्नु हुँदैन । कसैकसैले रोप्न मन लाग्दा पनि परैबाट जमिनमा वा गमलामा फाल्ने चलनछ । नेवार समुदायको बिबाहमा यो फूललार्इ अति महत्वको फूल मानिन्छ । बिहेमा दुलही लिन जाँदा क्वतः ( नेवार समुदायले प्रयोग गर्ने पुजाको गहिरो गरी बनाएको थाली) सँगै मूस्वाँ लैजानै पर्ने चलनछ । तर यस चलन बन्नाको कारण के हुन् भन्ने बारेमा कसैले ब्याख्या गरेको पार्इदैन ।
यो मूस्वाँको बिशेषता के हो भने यदि कसैलार्इ एलर्जी भएर जिउमा फोकाहरु उठेको छ भने यो फूलले दली दिएमा निको हुने गर्दछ । त्यसकारण यो फूलको कम्तीमा पनि आयुर्वेदिक महत्व रहेको बुझीन्छ ।
यो मूस्वाँको बिशेषता के हो भने यदि कसैलार्इ एलर्जी भएर जिउमा फोकाहरु उठेको छ भने यो फूलले दली दिएमा निको हुने गर्दछ । त्यसकारण यो फूलको कम्तीमा पनि आयुर्वेदिक महत्व रहेको बुझीन्छ ।