यो परोपकार स्कूल् बिसं २००९ मा स्थापना भएको हो । यो स्कूलको नाम परोपकार संग काम पनि मिल्दो थियो । यो स्कूलले एउटा छात्रबासको पनि व्यवस्था गरेको थियो । आमाबाबु गुमाएका र अप्थ्यारामा परेका बालकहरुको लागि आफ्नै घर थियो परापकार, जहाँ जातिय, धार्मिक वा वर्गीय छुटाछुटको गन्ध थिएन । परोपकार पुगेका छात्रहरुको लागि एउटै जातको नामले चिनार्इंथ्यो, त्यो जात हो नेपाली । नेपाली नामबाट कैयौं छात्रहरु डाक्टर, र्इनि्जनियर बने कतिले कैयौ बिषयहरुमा उत्कृष्ट हासिल गरी नेपाल र नेपालीको नाम चम्काए ।