संकटमा परेको यो मन्दिर
काठ्माडौंको मरुटोलमा रहेको सिंहसत्तल र भिमसेनस्थान बिचको पीचबाटोमा रहेको बिछ्रछे बहालको यो सुन्दर कपिलेस्वर महादेवको ढुंगाको मन्दिर संकटमा परेको देखिन्छ । एेतिहासिक धरोहरहरुको संरक्षणको चेतना तथा जिम्मेवारीको अभाव, बढ्दो शहरीकरण र सडक विस्तार, बढ्दै गएको प्रदुषण, समयमै झारबुटाहरु नउखेल्नु आदिले हुन सक्छ यो मन्दिरको चारैतिर रहेका चतुर्महाराज, भैरब, बिष्णु र अन्यमूर्तीहरु छिया छिया भएको देखिन्छ । पूर्खाले छोडेको यस राषि्ट्रय सम्पतिलार्इ जोगाउने बाटो के होला ?