जातजातिका आधारमा मुलुकलाई खाडलमा पार्न हुँदैन-नेपाल
29 29 0 0 0
भक्तपुर १७ फागुन । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले नेपाली संस्कार र संस्कृतिप्रति गौरव गर्न सबैसँग आग्रह गरेका छन् । बरिष्ठ नेता नेपालले जातजातिका आधारमा विभाजन गरेर मुलुकलाई खाडलमा पार्न नहुने बताउँदै यस्तो आग्रह गरेका हुन् । भक्तपुरको पेप्सीकोलास्थित नेक्सस एकेडेमीको वार्षिकोत्सवमा बोल्दै नेता नेपालले पार्टी भित्रका आन्तरीक विवादले संविधान निर्माणका काममा असर गर्न नहुने धारणा समेत राखेका छन् । कार्यक्रममा बोल्दै नेता नेपालले भने–‘सबै पार्र्टीभित्र बिबाद छन्, तर सबै मिलेर मुलुकलाई अगाडी बढाउनु जरुरी छ ।’ त्यस्तै नेता नेपालले अहिलेको परिस्थितिमा काँग्रेस र एमाले मिलेर अगाडी बढ्नुपर्ने बताएका छन् । बरिष्ठ नेपालले संविधानसभामार्फत जनताले एमाले र काँग्रेसलाई मिलेर जान जनादेश प्रदान गरेकाले दुई पार्टीबिच सहकार्य हुनुपर्ने बताएका हुन् । - See more at: http://nepalpati.com/madhav-kumar-nepal-…