चील, चरा र मानिस

- पूर्णशोभा चित्रकार चीलहरु जुन भुमिको होस तिनीहरुले चराहरुको गुँड उजाड्छन् तीखा नंग्रा र चुच्चाले चिथोरी चिथोरी चराहरुलाई आफ्नो आहारा बनाउँछन्

बिवस बस्तीहरु हा हा र हु हु कराएपनि उनीहरु चीलहरुको अत्याचारलाई स्वाभाबिक ठान्छन् कोहि त चीलहरु पनि त जिउनु पर्छ नि भनेर तर्क गर्छन् कोहि कोहि चराहरुको बिवसता प्रति तुरुक्क आँसु झार्छन् हो संसारै भरि चीलहरुको अत्याचार सहि नसक्नु छ तर मिठो शव्दको कबिताले मात्र पनि चीलहरु भाग्दो रहेनछ, न त त्यसले चराहरु माथि अत्याचार नै रोक्न सक्दछ कोहि मानिसहरु चाहन्छन् चीलहरुको सर्वनाश होस रक्त पिपासु चीलहरुको सारा वंशको सर्वनाश होस तर थाहा छ ? मिठो कबिता वा क्षणिक आवेशबाट मात्र चीलहरुको सर्वनाश हुँदो रहेनछ । संसारमा यस्ता मानिसहरु छन् जो टाकुरामा रहेको चीलको गुँड भत्काउन सक्दैनन् जो कल्पना मात्रमा पनि आँग सिरिंग पार्छन् तर अरुको खिसीट्यूरी गर्न भने कहिल्यै थाक्दैनन् तर कोहि मान्छेहरु यस्ता पनि छन् जो अरुका खिसीट्यूरीको वास्तै गर्दैनन् उनीहरु रगतले रक्ताम्मे बनेका चराहरुको पखेता धुन्छन् मलहमपत्ती लगाई घाउहरु निको पार्ने कोशिश गर्छन् चराहरु खुल्ला आकाशमा फेरि उडेको देखि खुशी हुन्छन्ं ।