त्रिपुरेश्वर महादेव



काठमाडौंको त्रिपुरेश्वरमा कालमोचनघाटको नजिकै प्रसिद्ध त्रिपुरेश्वरको मन्दिर छ । तीन तलाको छाना भएको यस मन्दिरलाई उपत्यकाको सबैभन्दा ठूलो मन्दिर मानिन्छ । यो मन्दिर इसाको उन्नाइसौं शताब्दीमा ललितत्रिपुरसुन्दरी देवीले स्थापना गर्न लगाएकी हुन् । यस मन्दिरका तीन वटा छानामध्ये माथिका दुईटामा धातुको पाता मोरिएको छ भने तलको एउटा टुँडाल र तोरण ज्यादै आकर्षक छन् । त्रिपुरेश्वर महादेवका रुपमा मन्दिरभित्र रहेको शिवलिगंमा पूजाआजा हुने गर्दछ । मन्दिरको छेउछाउमा विष्णु, सूर्य, गणेश र देवीका मूर्तिहरु पनि छन् । यहाँ बालाचतुदर्शी, शिवरात्री र साउनभर भक्तहरुको भीड लाग्दछ ।[Raju Nepal, "Nepal: Each place a holy place. "]

फोटो: @pramin.osiris