माहुरी पालन
हिजो आज माहुरी पालन यसको बानी, व्यहोरा, यसको बासस्थान इत्यादिलाई बैज्ञानिक तवरले व्यवहारमा उतारिन्छ अर्थात् मानिसले कृतिम रुपमा माहुलीपालन गर्छन् जसको शुरुवात १७८९ मा गरिएको थियो । माहुरी पालन सम्बन्धी पहिलो अनुसन्धान केन्द्र भारतमा सबभन्दा पहिले पञ्जावको Lyallpur भन्ने ठाउँमा All India Research Station को नामले 1945 मा स्थापना गरियो जसको आँकडा बमोजिम भारतमा ५०,००० भन्दा पनि बढी माहुरीको छाता छ ।
कृत्रिम रुपमा माहुरीपालन गर्नको लागि प्राकृतिक माहुरीको छाता जस्तै माहुरीको घर तयार पारिन्छ । माहुरीको कृत्रिम रुपमा घर तयार पार्नको लागि माथिको भाग र तलको भाग खुला राखिएको आयतन आकारको काठको बाकस चाहिन्छ जसको अगाडिको भागमा तल माहुरीलाई छिर्नको लागि दुलो बनाइएको हुन्छ । उक्त बाकस भित्र राखिएको काँयो लाई उपयुक्त तवरले चलाउनको लागि केही काठको प्र mम राखिएको हुन्छ । यसका अतिरिक्त चाहिने अन्य सहायक सामग्री निम्न छन्
*Artificial comb foundation *Queen excluder *Entrance guard *Smoker *Honey extractor
Artificia comb foundation भनेको मैनले बनेको आधारशीला जसको दुवै भागमा प्राकृतिक संख्या र आकारमा कोषको निर्माण गरिएको हुन्छ ।
Queen excluder भनेको दुलो भएको जस्ताको पाता हो जसले रानी माहुरीलाई अर्को छातामा जानबाट रोक्छ जसले गर्दा उस्को आफ्नो छाताको मह चोरी नहोस् ।
Extrance guard भनेको कर्मि माहुरीहरुलाई छाता भित्र प्रवेश गर्नको लागि बनाइएको सानो धातुको टुक्रा हो । तर यसबाट रानी माहुरीले प्रवेश गदैन ।Extrance guard ले रानी माहुरीलाई छाता निर्माण हुने बेलामा बाहिर जानबाट पनि रोक्छ ।
Smoker ले माहुरी चाका निर्माण गर्ने बेलामा माहुरीलाई अन्य कुनै ठाउँमा जान नदिनको लागि धुवाको बादल निर्माण गर्छ ।
Honey extractor माहुरीको चाकाबाट, चाकालाई कुनै क्षति नपुर्याइकन त्यसबाट मह निकाल्ने उपकरण हो जसमा चाका भित्र राखिएको frame बाट महलाई उक्त उपकरणको सहायताले Centrifigual force द्वारा निकालिन्छ ।
कृत्रिम माहु रीपालनको सफलताको लागि बढी भन्दा बढी माुहरीले जन्म दिनु अति आवश्यक मानिन्छ । माहुरीको चाकाको सबभन्दा बढी हानिकारक कीरा Galleria Mellonella हो जुन लार्भाको बेलामा हुदा चाका भित्र दुलो बनाउनुको साथै त्यस दुलोमा रेशम तथा अन्य कालो फोहोर पनि थुर्पादै जान्छ । Galleria Mellonella जस्तै अर्को कीरा Achroia grisella पनि हो जसले चाकालाई Galleria mellonella भन्दा कम हानी पुर्याउँछ ।
माहुरी पालन शुरुवात गर्ने तरिका अनेक थरिको छ । जस्तै ः प्राकृतिक जंगली माहुरीको चाकाजसमा सबै प्रकारको माहुरी अर्थात् रानी माहुरी, कर्मी माहुरी र भाले माहुरी तिनै माहुरी हुन्छ त्यो ल्याएर त्यसबाट कृत्रिम चाकामा सबै माहुरीलाई राख्न सकिन्छ, तर यो प्रक्रिया झन्झटिलो हुन्छ । माहुरी पालन हुने प्राकृतिक मौसममा पनि माहु रीलाई Decoy hive मा आकर्षित गरी माहुरी पालन गर्न सकिन्छ । कृत्रिम माहुरी पालनमा माहुरीको चाकालाई एकअर्का बाट कमसेकम (दुई) मिटरको दुरीमा राख्नु पर्छ । यो काम कुनै यस सम्बन्धी अनुभवि व्यक्तिले मात्र गर्नुपर्छ । माहुरीको चाकालाई खुल्ला चौरको नजिकमा पूर्व तिर फर्किने गरी सुख्खा र चिसो ठाउँमा राख्नु पर्छ ।
साधारणतया माहुरीले आफ्नो क्रियाकलाप उसलाई चाकामा राखेपछि शुरु गर्छ । शुरुवातमा कृत्रिम चाकामा मह नहुदा माहु रीलाई चिनी पानीको झोल वा महपानीको झोल खुवाउनु पर्छ । कृत्रिम चाकाको पिंधलाई सफा गर्नु बाहेक कमसेकम दुई हप्तासम्म चाकालाई चलाउनु हुँदैन । माहुरीलाई जभाभावि चलाएमा वा जिस्काएमा माहुरीले टोक्न सक्छ । यदि माहुरीले टोकेमा, टोकेको ठाउँलाई माड्नु वा कोट्याउनु हुदैन, किनकी माडेमा टोकेको ठाउँ बाट निस्केको गन्धले झन माहुरीलाई आकर्षित गर्छ । टोकेको ठाउँ बाट चाकुले तुरुन्त खिल निकालेर आयो डिनको थोरै मात्रा लगाइदिनु पर्छ ।
कृत्रिम माहुरी पालनलाई सफलगनुको लागि रानी माहुरीले बढी भन्दा बढी अण्डा दिनु अति आवश्यक हुन्छ । यसले माहुरी पालनकर्ताको माहुरी मौज्दातमा बृद्धि गर्छ । यसमा रानी माहुरीलाई बढी भन्दा बढी अण्डा दिनको लागि सुरक्षित तवरले भाले माहुरीसँग Cross गराइन्छ । यस प्रक्रियामा रानी माहुरीलाई Binocular Microscope को Clip माथि उसको Genital Orifice लाई hook को सहायताले खुल्ला रहने गरी राखिन्छ र त्यसमा भाले माहुरीको क्उभचm लाई सिरिन्चको सहायताले राखिन्छ । माहुरीले चाकाको कोषमा मह जम्मा गर्छ र कोष पाकेको महले भरे पछि त्यसलाई मोमको पर्खालले बन्द गरिदिन्छ । बिस्तारै चाकाको ७५% कोष बन्द भएपछि चाका भित्रको Comb लाई मह निकाल्नको लागि बाहिर निकाल्न सकिन्छ । Comb मा भएको कोषको माथिको तहलाई तातो चाकुले हटाएर उक्त Comb बाट honey extractor को सहायताले मह निकालिन्छ ।
माहुरीको आर्थिक महत्वहरु
माहुरीले पाँच वटा वस्तुहरु जम्मा पार्छ जस्तै ः nectar, pollen, poolic, palm र water यसले आफै मोमको पनि निर्माण गर्छ । मह अत्यन्तै महत्वपूर्ण चीज हो । जसबाट धेरै औषधीहरु बनाईन्छ । यसले शरीरको सुख्खापन हटाउँछ र डाक्टरले यसलाई कफ, रुगााखोकी र कबजियतको बेलामा खान सुझाव दिन्छ । जंगली माहु रीको मह हाम्र ो सं स्कृ तिमा पू जा आजामा धे रै काम लाग्छ स्वास्थ्यको लागि पनि धे रै लाभदायक हुन्छ । चाकालाई थिचेर मोम बनाईन्छ । माहुरीको मोम प्रायजसो कागतिको रंगजस्तो पहेलो देखि सुन्तला रंग सम्म हुन्छ । सुद्धिकरण गरेको मोम Cosmetics,, हजनाहरु, Plasters / Surgical dresses हरु बनाउन काम लाग्छ । र असुद्धिकरण गरेको मोम कृत्रिम माहुरी पालनको लागि चाहिने माहुरीको चाका बनाउन काम लाग्छ । यो Furniture र Floor polish गर्न पनि काम लाग्छ र यसबाट electrical insulators समेत बनाईन्छ ।[http://www.nepalwireless.com.np/wiki/ind… ]