मरु गणेश

काठमाडौंको मरुटोलमा मरु गणेशको मन्दिर छ । यस मन्दिरलाई अशोक विनायक र हनुमानढोका गणेश पनि भनिन्छ । यस गणेशलाई मुख्य चार गणेशहरुमध्ये एक गणेश मानिन्छ । राजदरबारमा हुने हरेक धार्मिक कार्य यहाँ गर्ने चलन थियो । यस मन्दिरमा वि.स १९०४ सालमा सुरेन्द्रविक्रम शाहको पालामा सुनको छाना हालेको थियो । मन्दिरको टुप्पोमा बुर्जा नभएकोले यस मन्दिर अरु मन्दिर भन्दा अलग देखिन्छ । विशेष गरी मंगलबार यहाँ सयौं दर्शनार्थीहरुको भीड हुने गर्दछ । काठमाडौं दरबार स्क्वायरको पश्चिमतिर पर्ने यस मन्दिर मरुसत्तलकै एक अगंका रुपमा रहेको छ ।

फोटो: @pramin.osiris