load previous chats
naya
naya.com.np

Nawaraj kunwar @navu
2014-04-23T08:54:13Z

उदयपुरको रामपुर ठोक्शिलामै पहिलोपटक बहुआयामिक विकास मञ्चको आयोजनामा लागुपदार्थ दुव्र्यसनविरुद्धको युवा जागरण अभियानको उद्घाटन गरियो । हामी केही युवाहरु मिलेर त्यो कार्यक्रमको आयोजना गरेका थियौं । अन्त कतैबाट सहयोग नलिई हामीले गरेको उक्त कार्यक्रम कम खर्चमै लाखौं बराबरको भयो । झण्डै तीन हजार ठोक्शिलाबासीले सहभागीता जनाए । त्यही ठाउंमा एक वर्ष अघि मैले सञ्चालन गरेको साझा सवालमा ५ हजारभन्दा बढि ठोक्शिलाबासीले उत्साह जनक सहभागीता जनाएका थिए । सोही साझा सबालको प्रभावले त्यहां अहिले विजुली बलेको छ । घरघरमा खानेपानीको धारा छ । गाविस, अस्पतार, प्रशासनमा हुने अनियमिततामा नियन्त्रण भएको छ । एक वर्षपछि त्यस्तै कार्यक्रम, खुला अन्तरक्रियात्मक कार्यक्रम गरी दुव्र्यसनिको शिकार बन्दै गरेका युवा वर्गलाई सचेत गराउन गरिएको कार्यक्रमको प्रभावमा दुव्र्यसनि युवा निश्चितरुपमा परेका छन् । अब दशैं अघि यस अभियानको दोश्रो कार्यक्रम गर्ने सुरसारमा छौं । तर योपटक आफैंले लगानी गरि कार्यक्रम गर्न सक्ने स्थिति कति रहला त्यो भोलिको कुरा भो तर कार्यक्रम गरिने छ । सोही ठाउंबाट अध्ययनका क्रममा विभिन्न देशमा रहेका तथा रोजगारीको शिलशीलामा विभिन्न देशमा कार्यरत दाजुभाइहरुले फोन गरी कार्यक्रम गरेकोमा धन्यवाद दिंदै फेरी हुने कार्यक्रमलाई सहयोग गर्ने आश्वासन दिइरहंदा राम्रै कामको शुरु गरेको रहछौं भन्ने अनुभूति भएको छ र अझ जांगर चलेको छ ।
3
3
Login to comment
Comments
----