कमल विनायक मन्दिर
भक्तपुरको पूर्वतिर पर्ने कमल विनायक गणेशको एक रुप हो । कमल विनायक मन्दिरको पश्चिममा कमल विनायक पोखरी छ ।यो ४०२ फिट लम्बाइ र २६६ फिट चौडाइको छ । राजा सम्राटका बहिनी चारुमतीले यस पोखरी नजिक तीन वटा चैत्यहरु बनाएका छन् ।
कमल विनायक मन्दिरमा विशेषगरी मंगलबार र शनिबार दर्शनार्थी र भक्तालुको घूइँचो लाग्ने गर्दछ । यदि कसैको बच्चा बोल्न नजानेमा यस मन्दिरमा दर्शन गराए बोल्न जान्छन् भन्ने विश्वास गर्छन् । यिनको भाकल गरी पशुलाई बलि दिने वा लाख बत्ती दिएमा मनोकांक्षा पूरा हुने र व्यापारमा उन्नति हुने जनविश्वास पनि छ ।
फोटो: @pramin.osiris