२०४७को संबिधानको बिरोधमा २०७२को संबिधानले हामीलाई ताईबाट उफ्रिदा भुङ्ग्रोमा भन्ने अबस्थामा ल्याएको / ल्याईएको छ। बिचार गर्नुहोला संपादक जी यो संबिधानको दीर्घकालीन सोचलाई हेर्नुहोला, मान्छेको जिवनजस्तै देशको पनि जिवन हुन्छ, अहिलेको समयमा Smash and Grab : Annexation of Sikkim भन्ने Sunanda K. Datta-Ray किताब पढनु पर्छ वा अमेरिकाले हवाई राज्यकी महारानीलाई कसरी हटाएर पछि सिङ्गो हवाईलाई नै अमेरिकामा मिलायो, वा पोर्टोरिकोमा किन जनमत संग्रह भयो,यो समय भनेको यस्ता घटनाहरुलाई बिचार गर्नु पर्ने समय हो । हाम्रो हालत पनि त्यही नै हुने हो : बिशिष्ट योजनाकारहरुको योजना अनुसार यो काम सक्नु पर्ने अवधि १० बर्ष भित्र को १०० बर्ष भित्रको भन्ने मात्र हो । बाँकी त आउने समय देखिने नै छ ।