load previous chats
Women in Nepal posted an update
2017-01-04T05:38:53.247Z

नेपालमा महिलाहरु बिहान उठ्छन । घरको सबै काम धन्दा भ्याउछन । केटा केटी स्याहर्छन । घर कुरुवा बस्छन । बालिनाली स्याहार्छन । ईस्ट मित्रहरुलाई खुशी पार्छन । सामाजिक व्यवहारहरु पुरा गर्छन् । मैदी सातदोबातोका महिलाहरुले त पानी ओसार्नलाई मात्रा दिनको घण्टौ समय र जीवन खर्च गर्नु पर्दछ । तैपनी महिलाहरुलाई हेप्छन । किन ?
Via:
2
Liked 7 0
Purna Shova Chitrakar posted an update
2017-05-23T10:37:36.121Z

हिमाली भेगका महिलाहरु खास गरी मनांग र मुस्तांग भेगका महिलाहरुको एउटा राम्रो बानीछ । त्यो हो चाँडै उठ्नु र बिहानी वा साँझपखको शीतल हावामा हिड्नु । यसले श्वास्थ्यलाई तन्दुरस्त बनाउन निकै मद्दद गर्दछ । उनीहरु खासगरी बुद्ध धर्म मान्दछन् । स्वयम्भुको वरिपरि सयौं बौद्ध धर्मलाम्वीहरु जप गर्दै, मन्त्र पढ्दै, माला जप्दै स्वयम्भूको चक्र काटिरहेको देख्न सकिन्छ ।
Via:
2
Liked 7 0
Purna Shova Chitrakar posted an update
2017-02-08T05:34:57.903Z

अहिले नेपाल विश्वको दाश्रो सवभन्दf ठूलो फोहर देशको रुपमा दर्ज भएकोछ । काठमाडौं त यसबेला फोहरका डुंगुरहरु मान्छेमार्ने धराप जस्ता देखिन थालेकाछन् । यसको दोषको रुपमा केहि हदसम्म सरकार होला, समवन्धित निकायहरु होलान, कानून पालनf गराउने निकायहरु होलान आदि । यसमा केहि हदसम्म हामी जनताहरु पनि दोषी छौं । हेर्नुस त यो फोटोमा एकजना दिदी बदम खाएर बदमको बोक्रा सडकमा फाल्दै बसेका । हरेक व्यक्तिको प्रयासले मात्र काठ्माडौं र सिंगो देश सफा बन्न सक्दछ ।
Via:
2
Liked 4 0
Purna Shova Chitrakar posted an update
2017-01-18T10:59:04.269Z

महिलाहरु कम्जोर छैनन । रामेछापका यी महिलाहरु गरौ भारी बोकेर घण्टौ उकाली र ओराली गर्छन् । भन्ज्यान्को चिसो हावा सँगै उनिहरु मुस्कुराउन सक्छन ।
2
Liked 2 0
Women Entrepreneurs [WE] posted an update
2017-02-27T09:21:34.328Z

मेरो नाम उर्मिला हो । सिलाई, बुनाईको यो काम मेरो पुख्र्यौली काम हो । हाम्रो परिवारको जिविका यसैमा चलेकोछ । मैले काम गर्न थालेको करीब १५ बर्ष भएकोछ ।
Via:
3
Liked 2 0
Women Entrepreneurs [WE] posted an update
2017-02-27T09:36:36.687Z

महिला बिकास समाजले हामि महिलाहरुलाई तालिम दिएकोछ । अव त हामी घरघरमा बसेर काम गरी कमाउन पाएकाछौं । न हाकिमको टेन्सन, न दिन दिनै घर छोड्नु पर्ने टेन्सन । आफै हाकिम आफै मालिक ।
Via:
3
Liked 1 0
Women Entrepreneurs [WE] posted an update
2017-02-27T09:18:59.847Z

मेरो नाम कुन्जाङ पुटिक लामा हो । मैले यस्तो झोलाहरु बुन्ने तालिम २०६० सालमा घरेलुबाट लिएकी हुँ । यो झोला एकदमै बलियोछ । स्कूलका केटाकेटीहरुले चार पाँच बर्ष सम्म टिकाउँछन् । यो झोलाको मूल्य एक हजार पर्छ । यो व्यवसायबाट कुनै बर्ष दुई तीन लाख सम्म कमाई हुन्छ । मेरा श्रीमान, दुई छोरा र एक छोरीछन् ।
Via:
3
Liked 2 0
Women in Nepal posted an update
2018-12-04T14:35:48.949Z

Natural photo pose of women in Bosigaun, Kathmandu.
Via:
2
Liked 2 0