काठमाडौँ जिल्लाका चार नगरपालिकामा एमाले र तीन वटामा कांग्रेसले अग्रस्थान लिएका छन्। स्थानीय तह निर्वाचन मतगणनामा काठमाडौँका दक्षिणकाली,शंखरापुर, नागार्जुन र किर्तिपुरमा एमालेले अग्रस्थान लिएका छन्। त्यस्तै टोखा, कागेश्वरी र चन्द्रागिरि नगरपालिकामा कांग्रेस अघि छ। ... more
यातायात क्षेत्रको सिण्डिकेट खारेज गर्ने सरकारी निर्णयविरूद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले शुक्रबार गाडी चलाएका छैनन्। सरकारको निर्णयविरुद्ध यातायात व्यवसायीले शुक्रबार गाडी नचलाए पछि यात्रुहरू विचल्लीमा परेका छन्। गाडी नचल्दा गन्तव्यमा जान यात्रुलाई समस्या भएको छ । ... more
२०७० सालको संविधानसभा चुनावमा धनुषा जिल्लामा ७ वटा निर्वाचन क्षेत्र थिए। तिमध्ये पाँचवटा क्षेत्र नेपाली काँग्रेस एक्लैले जितेको थियो। २०६४ सालमा माओवादी र मधेसी पार्टीहरूको पक्षमा लहर चलेको बेलापनि यो जिल्लामा नेपाली काँग्रेसले ३ वटा निर्वाचन क्षेत्र जितेको थियो। ... more
आइतबार भएको निर्वाचनको मत गणना विभिन्न जिल्ला सुरु भएको छ। अहिलेसम्म मत गणना भइरहेका स्थानमध्ये धेरैमा नेकपा एमालेका उम्मेद्वारले अग्रता लिएका छन्। काभ्रेको बनेपा, कीर्तिपुर, धादिङको धुनवेशी, मकवानपुरको थाहा, नवलपरासी मध्यविन्दु, म्याग्दीको बेनी नगरपालिका र कास्कीको मादी गाउँपालिकामा एमाले उम्मेद्वारले अग्रता लिएका छन् भने मनाङको चामे गाउँपालिकामा एमालेका लोकबहादुर घले विजयी भइसकेका छन्। ... more
दोलखामा भएको झडपका क्रममा एकजनाको मृत्यु भएको छ। बिहान मतदान सुरु भएदेखिनै तनावग्रस्त रहेको मेलुङ गाउँपालिका अन्तर्गत पवटी मतदान केन्द्रमा कांग्रेस र एमालेबीच झडप भएको थियो। झडप रोक्न प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको हो । ... more
स्थानीय तह निर्वाचनअघि सरकारले आफ्ना पार्टी कार्यकर्ता र तिनको परिवारलाई राहत तथा क्षतिपूर्तिका नाममा राज्यकोषबाट ठूलो रकम वितरण गर्न लागेको छ। मन्त्रिपरिषदको गत बुधबारको बैठकले माओवादी द्वन्द्वकालमा मारिएका र बेपत्ता पारिएका १६ हजारभन्दा बढी व्यक्तिको घरपरिवारलाई राहत तथा क्षतिपूर्ति भन्दै ८ अर्ब रुपैयाँभन्दा बढी रकम राज्यकोषबाट वितरण गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषदको यो निर्णय निर्वाचन आचारसंहिता र सत्यनिरुपण आयोगको क्षेत्राधिकार विपरित छ। ... more
सम्पदाविद् सुदर्शनराज तिवारी शुक्रबार रानीपोखरी गएका थिए। तीनवटा डोजर चलाएर पोखरीको पिँध खोस्रने काम हुँदै थियो। डिलमा कंक्रिट पर्खाल ठड्याउन डन्डी बाँधिँदै थियो। ... more
वाम गठबन्धन र कांग्रेसबीच चर्किएको नयाँ सरकार गठनसम्बन्धी विवाद अदालत पुगेरमात्र टुंगिने छाँट देखिएको छ। सरकार र नेपाली कांग्रेस राष्ट्रिय सभाको गठनपछि मात्र प्रत्येक पार्टीले समानुपातिकतर्फ पठाउनु पर्ने महिलाको संख्या निर्वाचन आयोगले तोक्न सक्ने अडानमा छन्। वाम गठबन्धनले राष्ट्रिय सभाको चुनावअघि नै निर्वाचन आयोगले प्रतिनिधि सभाको अन्तिम चुनावी परिणाम घोषणा गरेर राष्ट्रपति कार्यालयमा पठाउनु पर्ने माग गरेको छ। ... more
Via:
2
Upvote Upvoted20
OTHER SOURCES
नेपालीमा दुई तरिकाले type गर्न मिल्दछ । तलका options बाट एउटा छान्नु होला :