load previous chats
category: society
भार क्षमता भन्दा बढी यात्रु र सामान बोक्दा बुधबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिका- १ मा बस दुर्घटना भएको प्रहरीले बताएको छ । भिमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको साहुखर्कमा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको छ भने ३२ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । ... more
Via:
2
Upvoted 2 0

OTHER SOURCES

category: crime
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सरकारले ३८ किलो सुन आउने प्वाल टालिसकेको बताएकै भोलिपल्ट प्रहरीले रसुवाको टिमुरेबाट सात केजी अवैध सुन बरामद गरेको छ । प्रधानमन्त्रीले कम्युनिष्ट पार्टी स्थापनाको ७० औं दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सुन तस्करीका कारोबारीहरु आत्तिएको बताएका थिए । तस्बिर : ... more
Via:
2
Upvoted 2 0

OTHER SOURCES

category: crime
काभ्रेमा प्रहरी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्ताबीच गोली हानाहान भएको छ । नेकपा समूहलाई नियन्त्रण गर्न गएको महानगरीय प्रहरी अपराध महाशाखा टोलीमाथि मंगलबार राति फायरिङ गरेपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको हो । गोली हानाहान रोशी गाउँपालिकामा भएको भनिए पनि पुष्टि भइसकेको छैन । ... more
Via:
2
Upvoted 2 0

OTHER SOURCES

category: crime
बुटवल उपमहानगरपालिका १ मैना बगरमा बुधबार राति गोली चलेको छ । करिब राति सवा ९ बजे अज्ञात समूहले चलाएको गोली लागी भारतीय मूलका व्यवसायी ४० वर्षीय फिरोज खानको मृत्यु भएको डिएसपी डिलबहादुर मल्लले जानकारी दिएका छन् । बुटवलको मैनाबगरमा बुधबार राति अज्ञात समूहको गोली लागेर भारतीय नागरिकको मृत्यु भएको छ । ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: education
संघीय संसदको उपसमितिले परीक्षामा विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमातहत गठित उपसमितिले पठनपाठनमा सबैभन्दा बढी शिक्षक जिम्मेवार हुनुपर्ने भन्दै यस्तो सिफारिस गरेको हो । एसईईमा ५० प्रतिशतभन्दा धेरै विद्यार्थीले 'डी' र 'ई' भन्दा कम ग्रेड ल्याए प्रधानाध्यापकको ग्रेड रोक्कासहित कारबाही हुनुपर्ने उपसमितिको प्रतिवेदनमा उल्लेख छ । ... more
Via:
2
Upvoted 2 0

OTHER SOURCES

category: crime
निर्मला हत्या प्रकरणमा यातना र प्रमाण नष्टको अभियोग लागेका निलम्बित डिएसपी अंगुर जीसीलाई जिल्ला अदालत कञ्चनपुरले धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले बुधबार उनलाई ९ लाख धरौटीमा छाड्न आदेश दिएको हो । न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले यातनामा ५ लाख र प्रमाण नष्टमा ४ लाख गरी ९ लाख धरौटीमा छाड्न आदेश दिएको हो । ... more
Via:
2
Upvoted 2 0

OTHER SOURCES

category: politics
मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम मियाँ अन्सारीमाथि छानबिन सुरु गरिएको छ । छानबिनको क्रममा उनको फरक जन्ममिति भेटिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट २०५५ साल पुस २२ मा लिएको नागरिकताको ढड्डामा २०३७ साल असोज २४ गते र २०६६ साल भदौ ९ मा प्रतिलिपि लिँदा उनको जन्ममिति २०३० साल असोज २४ गते उल्लेख छ । ... more
Via:
2
Upvoted 3 0

OTHER SOURCES

category: crime, society
काभ्रेबाट पक्राउ परेका नेत्रविक्रम चन्द समूहका मध्य क्षेत्रीय कमाण्डका इन्चार्ज हेमन्तप्रकाश ओलीसहित ९ जनालाई जिल्ला अदालत ललितपुरले ८ दिन थुनामा राखेर अनुसन्धान गर्नका लागि प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले उनीहरुलाई बम विस्फोट गराइ आम नागरिकको हत्या गरेको, अवैध हातहतियार बोकेको, राज्य विरुद्ध अपराध गरेको आरोपमा अनुसन्धान गर्नका लागि अदालतमा आइतबार पेश गरेको थियो । मुलुकी संहिता अनुसार पक्राउ परेको व्यक्तिलाई २४ घण्टाभित्र अदालत पेश गर्नुपर्छ। ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES