load previous chats
category: politics
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार फेरि आफ्नो मन्त्रिमण्डल विस्तार गर्दै छन् । उनले मंगलबार मन्त्रिमण्डलमा १५ जना राज्यमन्त्री थप गरेका हुन् । थपिएका राज्यमन्त्रीको आज दिउँसो तीन बजे पद तथा गोपनियताको शपथ गराइँदै छ । ... more
Via:
2
Upvoted 4 1

OTHER SOURCES

category: politics
सत्तारुढ कांग्रेस र माओवादीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता गरेका छन् । कांग्रेस सांसद मिन विश्वकर्मा र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतसहितका सांसदहरुले महाअभियोग दर्ता गरेका हुन् । प्रस्तावमा २४९ सांसदले हस्ताक्षर गरेका छन् । ... more
Via:
2
Upvoted 5 2

OTHER SOURCES

category: crime
नेपाल एयरलाइन्सका क्याप्टेन सुवर्ण अवाले ९३ हजार अमेरिकी डलरसहित पक्राउ परेका छन् । आइतबार राति नेपाल एयरलाइन्सको आरए २२९ जहाजको काठमाडौं– दुबई उडानका लागि विमानस्थलबाट प्रवेश गर्दै गर्दा प्रहरीले क्याप्टेन अवालेलाई पक्राउ गरेको प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले पुष्टि गरे । ... more
Via:
2
Upvoted 4 0

OTHER SOURCES

category: politics
२०७४ मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना सकिएको छ । प्रतिनिधिसभाको सुनसरी निर्वाचन क्षेत्र नं. ३ को मतगणना बुधबार बिहान सकिएपछि प्रतिनिधिसभाको सबै १६५ वटै निर्वाचन क्षेत्रको मतगणना कार्य सम्पन्न भएको हो । प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३३० वटै निर्वाचन क्षेत्रको मतगणना पनि सकिएको छ । ... more
Via:
3
Upvoted 5 0

OTHER SOURCES

category: politics
निर्वाचन आयोगले तनहुँ क्षेत्र नं.१ मा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशी दिएको उम्मेदवारी खारेज गरेको छ । आयोगको शनिबार बसेको बैठकले नेता जोशीले दिएको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो । तनहुँस्थित मुख्य निर्वाचन अधिकृतले जोशीविरुद्ध परेको उजुरीका सम्बन्धमा आयोगबाट निर्देशन माग गरेको थियो । ... more
Via:
2
Upvoted 3 0

OTHER SOURCES

category: politics
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा बिहान ७ बजेदेखि सुरु भएको मतदानमा बिहान १० बजेसम्ममा २५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, हिमाली भेगका केही स्थानमा चिसोका कारण केही ढिला मतदान सुरु भए पनि अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य जारी रहेको छ । प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४६५ मतदान केन्द्रहरुमा आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान कार्य जारी रहनेछ । ... more
Via:
2
Upvoted 2 0

OTHER SOURCES

category: crime, society
एक सातादेखि भारतीय जेलमा रहेका सीमा बचाउ अभियानका अगुवा देवनारायण यादव शनिवार रिहा भएका छन् । भारतको सुपौल जिल्लास्थित बिरपुरको अनुमण्डलीय व्यवहार न्यायालयमा देवनारायण र उनका छोरा अजयमाथि लगाइएको साधारण अपहरण मुद्दामा शुक्रबार सुनुवाई सकिएपछि शनिवार उक्त न्यायालयले साधारण तारेखमा रिहा गर्ने आदेश गरेको छ । प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले देवनारयण, उनका छोरा अजय र अपहरित भनिएकी उनकी बुहारी ज्योती कुमारीको शुक्रबार भारतको वीरपुर न्यायालयमा बयान सकिएपछि शनिवार साधारण तारेखमा छोड्ने आदेश भएको भारतीय समकक्षीले जानकारी गराएको बताए । ... more
Via:
2
Upvoted 5 0

OTHER SOURCES

category: politics
बुधबार दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रदेश नं १, ५ र ७ मा हुँदैछ । यस निर्वाचनका लागि ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने ४१ जना निर्विरोध निर्वाचित भइसकेका छन् । बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान गर्नको लागि आठ हजार ३ सय ६४ मतदान केन्द्र तोकिएको छ । ... more
Via:
2
Upvoted 3 0

OTHER SOURCES