load previous chats
category: business
भारतले ग्यास ढुवानी गर्ने लाइसेन्स नदिँदा नेपाली व्यवसायीहरूको साढे तीन अर्ब रुपैयाँ अलपत्र परेको छ । नेपाल एलपी ग्यास उद्योग संघका अनुसार दुई वर्षको अवधिमा करिब साढे तीन अर्ब रुपैयाँ अलपत्र परेको हो । सरकारले करिब दुई वर्षअघि नेपाली व्यवसायीले पनि ग्यास बुलेट खरिद गर्न र त्यसबाट ढुवानी गर्न पाउने व्यवस्था गरिदियो । ... more
Via:
2
Upvoted 0 0
category: politics
बेलायती विमानस्थल वरिपरिको ५ किलोमिटरको क्षेत्रमा मानवविहीन यन्त्र (ड्रोन) उडाउन निषेध गरिएको छ । अघिल्लो महिना बेलायतका अतिव्यस्त हिथ्रो र ग्याटविक विमानस्थल नजिक ड्रोन उडाइएपछि हवाई सेवा नराम्रोसँग प्रभावित भएको थियो । ‘ड्रोनको दुरुपयोगबाट बेलायती हवाई मैदानलाई सुरक्षित गर्न निषेध क्षेत्रलाई बढाउनु परेको हो र यो नियम मार्च १३ बाट लागू हुनेछ,’ यातायात मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । ... more
Via:
2
Upvoted 0 0
category: society, business
पछिल्लो दशक अन्तर्राष्ट्रिय जगत्मा नेपालको ब्रान्डिङ गर्नेमा सबैभन्दा अगाडि पर्छन्, प्रबल गुरुङ । उनी ड्रेस डिजाइनर हुन् । राजधानीमा हुर्केर नयाँदिल्ली हुँदै न्युयोर्क पुगेका उनी अहिले विश्व फेसन बजारका ठूला डिजाइनर बनेका छन् । ... more
Via:
2
Upvoted 0 0
category: politics
नेपालमा १६ देखि ४० वर्ष उमेर समूहलाई युवामा दर्ज गरिएको छ । २०६८ को जनगणनाअनुसार यो उमेर समूहमा कुल जनसंख्याको ४० प्रतिशत छ । जनसंख्याविज्ञको भनाइमा राज्यका निम्ति यो जनसांख्यिक लाभको अवस्था हो । ... more
Via:
2
Upvoted 0 0
category: entertainment, society
छोरीले बाजा छुनु हुँदैन भन्ने समाजमा जन्मिएकी इन्दिरा लाछिमस्युले बाजा बजाउनुलाई पेसा बनाएकी छन् । उनको दाबी छ, ‘सम्भवत: धिमे बाजा बजाउने पहिलो महिला मै हुँ । ... more
Via:
2
Upvoted 0 0
category: politics, governmental affairs
डा. गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तबाट राजीनामा दिएका राजनारायण पाठकसँगै पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की र पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीमाथि समेत कारबाही गर्न माग गरेका छन् । अख्तियारले नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै ७८ लाख रुपैयाँ घूस लिएको सार्वजनिक भएपछि आफ्नै पूर्वआयुक्त पाठकमाथि सार्वजनिक पद दुरुपयोगमा कारबाही गर्न छानबिन अघि बढाएको छ । केसीले बुधबार विज्ञप्ति जारी गरी सार्वजनिक पदको चरम दुरुपयोग गरेका पराजुली र लोकमानमाथि समेत कानुनअनुसार भ्रष्टाचारको कसुरमा छानबिन गर्न माग गरेका छन् । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: politics
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी कोइराला परिवारको बपौती नभएको बताएका छन् । वीरगन्ज नगर सभागृहमा बुधबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले पार्टी कोइराला परिवारको बपौती नभएको बताए । चार दिनअघि मात्र जीपी कोइराला फाउन्डेसन कार्यालय उद्घाटनका लागि वीरगन्ज आएका शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाले एउटै मञ्चबाट कोइराला परिवार एक भएको उद्घोष गरेका थिए । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: governmental affairs, society
सरकारले कञ्चनपुरको महेन्द्रनगरमा नगर विकास समितिको जमिनमा बनाइएका निजी घरटहरा भत्काउने भएको छ । सिटी हल आसपास बनाइएका करिब ३ सय घरटहरा भत्काउने निर्णय सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको हो । भाडाका नाममा समितिको जमिन कब्जा गरी व्यक्तिगत भौतिक संरचना निर्माण गरिएकाले सरकारले भत्काउन लागेको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए । ... more
Via:
2
Upvoted 0 0