load previous chats
category: politics, construction
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरण हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न लायक संस्था बन्नुपर्ने बताएका छन् । नेपाल विद्युत् प्राधिकरण हेटौँडा क्षेत्रीय कार्यालय तथा अन्तर्गतका वितरण केन्द्रसँग गरिएको कार्यसम्पादन सम्झौता समारोहमा उनले पछिल्लो दिनमा प्राधिकरणको साख बढ्दै गएकाले अझै विश्वास बढाउनुपर्नेमा जोड दिए । मन्त्री पुनले प्राधिकरणलाई आर्थिक, सेवा प्रवाह, उत्पादन र सञ्चालनको हिसाबले अब्बल र प्रतिस्पर्धा गर्न लायक संस्था बनाउनुपर्ने बताउँदै आफूले ऊर्जामन्त्रीका रुपमा कार्यभार सम्हालेसँगै मन्त्रालयले प्रसारण लाइनको गुरुयोजना सार्वजनिक गरेको जानकारी दिए । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: politics
नेपाली कांग्रेसकी नेतृ सीता गुरुङ विधान मस्यौदा कमिटीमा थिइन् । यसक्रममा उनले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति, प्रदेश र स्थानीय कमिटीहरुमा मात्रै होइन, पदाधिकारी, विभाग, संसदीय बोर्ड लगायतमा पनि महिलाको ३३ प्रतिशत आवाज सुनिश्चित हुनुपर्ने आवाज उठाइन् र फरक मत पेश गरिन् । तेह्रथुम जन्मघर भएकी गुरुङ पूर्वसांसद एवं पूर्वराज्यमन्त्री हुन् । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

ग्लाजाका अनुसार लेनिनले देशमा पुँजी भित्र्याउन नयाँ आर्थिक नीतिलाई देशको समृद्धिका लागि सिद्धहस्त तरिकाले डिजनाइ गरेका थिए । उनका अनुसार कतिपय समाजवादीहरूले यो नयाँ अर्थनीतिले खुला बजार अर्थतन्त्र भन्दा धेरै टाढा समाजवादी प्राथमिकतालाई ध्वस्त पार्ने गरी सोभियत युनियनलाई पुँजीवादी अर्थतन्त्रतर्फ डोर्याउने विश्वास गरेका थिए । नेपालको संघीय वित्त पुँजीवाद र साम्यवादी राजनीतिको फ्युजनको खाका अनुरूप हुने देखिएको छ । ... more
Via:
2
Upvoted 0 0
category: politics, society
संघीय संसदको राज्य व्यवस्था समितिले स्थलगत अध्ययनसहित पाँच दिन घण्टौं बैठक बसे पनि काठमाडौं– तराई फास्ट ट्रयाकबारे ठोस निर्णय लिन सकेन । डीपीआरबिनै काम लगाइएको विषय छायामा पारेर समितिले आयोजना निर्धारित समयमै बन्ने गरी अन्तरमन्त्रालय समन्वय गर्न प्रधानमन्त्री कार्यालय, रक्षा र गृह मन्त्रालयलाई निर्देशन दियो । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: politics
नेकपाका नेता वामदेव गौतमले पार्टीमा प्रधानमन्त्री केपी शर्मा ओलीको अधिकार कटौतीको प्रस्ताव राखेका छन् । नेता गौतमले स्थायी कमिटीको जानकारीविना सरकारले महत्वपूर्ण निर्णय गर्न नपाउने मागसमेत अघि सारेका छन् । पार्टी मुख्यालय धुम्बाराहीमा शनिबारदेखि सुरु भएको पार्टी स्थायी कमिटीको बैठकमा १६ पृष्ठ लामो लिखित प्रस्ताव पेश गरेका नेता गौतमले सरकारमाथि पार्टीको नियन्त्रण र अंकुश लगाउने प्रस्ताव अघि सारेका छन् । ... more
Via:
2
Upvoted 0 0
category: society
बढ्दो सवारी जाममा कमी ल्याउन काठमाडौँ महानगरपालिकाले आइतबारदेखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधानले यात्रु पर्खेर बस्न नपाउने गरी ओराल्ने र चढाउने (पिक एण्ड ड्रप) अभियान शुरु गर्दैछ । एउटा सवारी साधनले केही यात्रु कुर्ने क्रममा लामो जाम भएर धेरैको उत्पादनशील समय बर्बाद भएको, इन्धन जलेर वातावरणमा ह्रास आएकाले यस प्रकारको समस्यामा न्यूनीकरण गर्न ‘पिक एण्ड ड्रप’ अभियान शुरु गर्न लागेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताए । टुँडिखेललाई केन्द्र बनाउँदा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट भद्रकालीसम्मको सडकमा सबैभन्दा बढी समस्या देखिएको थियो । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: politics
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले धनी बन्न विदेश जानु नपर्ने र घुस पनि खानु नपर्ने बताएका छन् । यहाँ आज आयोजित ‘असल अर्थशास्त्र’ पुस्तक विमोचन कार्यक्रममा उनले भने, “देशभित्रै व्यापार व्यवसायका लागि प्रशस्त सम्भावना रहेकाले धनी बन्नका लागि विदेश जानै पर्दैन, घुस खानै पर्दैन । ” गभर्नर डा. नेपालले जागिरमा मात्रै ध्यान गएकाले नेपालीहरुमा उद्यमी बन्ने सोच अझै विकसित हुन नसकेको उल्लेख गर्दै अरुलाई जागिर दिने मान्छे बन्नुपर्ने आजको आवश्यकता रहेको बताए । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: politics
नेपाली कांग्रेसले पार्टीको संघीय विधान मस्यौदाबिना नै बन्द सत्र सुरु गरेको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच पदाधिकारी थप गर्ने/नगर्ने, मनोनित गर्ने अधिकार हटाउने कि यथावत् राख्ने, क्रियाशिल सदस्यता राख्ने कि हटाउनेजस्ता विषयमा मतभेद छ। कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सबैको सहमतिबाट नै आइतबार बेलुकीसम्म विधान मस्यौदा बन्दसत्रमा पेश हुने गरी ल्याउने जानकारी दिए। ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES