२०७२ राष्ट्रिय भू–संरक्षण दिवस (National Earth Day) सम्पन्न

२३ श्रावण २०७२ मा महिला विकास समाज नेपाल सरकार भू–संरक्षण कार्यालय धादिङ्गको संयुक्त आयोजनामा संविधानसभाको सदस्य तथा धादिङ्ग क्षेत्र नं. २ मा सभासद् श्री गुरु प्रसाद बुर्लाकोटीको प्रमुख आतिथ्यतामा राष्ट्रिय भू–संरक्षण दिवश मैदी गाविस वडा नं. २, धादिङ्ग जिल्लामा मनाइयो । उक्त दिवसको अवसरमा १२ थरिका ५५० वटा फूलजन्य बिरुवाहरु ( Ornamental Plants ) को बृक्षारोपन कार्यक्रम सम्पन्न भयो । प्रमुख अतिथि तथा सभासद गुरु बुुर्लाकोटीले धुपी र काईंयो रोपी उक्त कार्यक्रमको उद्घाटन गर्नु भएको हो । त्यस्तै अतिथिहरुमा जिल्ला भू–संरक्षण कार्यालयका अधिकृत श्री राजमान श्रेष्ठ, नेपाली कांग्रेस मैदी गाविसका सभापति रणबहादुर शाही, नेकपा एमाले मैदी गाविसमा अध्यक्ष भानु दुवाडी, नेकपा माओवादीका गाविस प्रतिनिधि रामबहादुर बस्नेत लगायतका अतिथिहरुको उपस्थित रहेको थियो । कार्यक्रममा ढलेवरदेखि अमराईसम्मका सडक किनारा, विद्यालय चौरको छेउछाउ, सार्वजनिक जग्गाहरु र केहि कृषकका घर आँगन अगाडि वृक्षारोपण गरियो । करिब २ मिटर फरकको दुरीमा असारे, धुपी, काईयो, जाग्रान्डा, कल्की, तेजपात, मसला, दालचिनी, गुल्मोर, बईस, राजवृक्ष आदि बिरुवाहरु वृक्षारोपण रोपेका थिए । यी बिरुवाहरु सडकको दाँया वाँया ४ किमिको भूभाग ओगटेकोछ ।

मैदी गाउँका स्थानियवासी धननारायण श्रेष्ठले २२ वर्षको उमेरमा मृत्यु भएको छोरोको सम्झनामा भाबुक बन्दै धुपी सार्नु भयो । गाउँका अन्य व्यक्तिहरुले पनि माया गर्ने बाबु आमाको सम्झनामा, मृतक परिवार र साथीभाईको आत्माको चीरशान्तिको कामना गर्दै बृक्षारोपन गरे ।

जिल्ला भू–संरक्षण कार्यालयका अधिकृत श्री राजमान श्रेष्ठले खाली भएका जग्गा खेर नफाल्न सुझाब दिदै माटो सुहाउदो बिरुवाहरु लगाउनु पर्छ भन्दै उहाँले ज. जमिन, ज. जल, ज. जंगल, ज. जनावर र ज. जनताका ५ ज को बारेमा प्रष्ट्याउँदै बृक्षारोपन गर्ने कुरामा हौस्याउनु भयो र तरिकाहरु सिकाउनु भयो । उक्त कार्यक्रमको सिलसिलामा जिल्ला भू–संरक्षण कार्यालय धादिङ्गबाट निशुल्क प्राप्त भएका बिरुवाहरु चाँप, बकाईनो, सिसौ, लप्सी, कपुर, अम्रेसो, ईपिल जस्ता ५ हजार भन्दा बढी बिरुवा स्थानीय कृषकहरुलाई वितरण भई त्यसलाई सार्ने काम भयो ।

बृक्षा रोपन कार्यक्रमले स्थानीयवासीहरुलाई उत्साहित र खुशी तुल्याएकाछन् । करिब १०० जनाको उपस्थितिमा भएको उक्त कार्यकक्रममा ३३ जना महिलाहरु र ६७ जना पुरुषहरु रहेका थिए । जसमा जनजाति ४७ जना दलित ७ जना र बाहुन÷क्षेत्री ४६ जनाको सक्रिय सहभागिता रहेको थियो भने २५ वर्ष मूनिका महिलाहरु ७ जना र पुरुषहरु ११ जना गरी १८ जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्तमा सहभागीहरु बानर सहित गाउँ परिक्रमा गरेका थिए ।